पत्रकार महासंघ कास्कीका उपाध्यक्ष शर्मा पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं सञ्चारकर्मी जमुना वर्षा शर्मालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

स्वास्थ्यका क्षेत्रमा समाचार सम्प्रेषणका माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै उनलाई युआरएल फाउण्डेशनले सम्मान गरेको हो ।

शर्मालाई रु ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गरेका हुन् ।

दुई दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा कलम चलाउँदै आएकी छन् ।

कार्यक्रमकै अवसरमा फाउण्डेशनले चिकित्सा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ललितपुर, कुपन्डोलका डा खगेन्द्रबहादुर श्रेष्ठलाई ‘लाइफ टाईम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ ।

कार्यक्रममा शिक्षाविद् जोन, पुरस्कार छनोट समितिका संयोजक बद्री विनोद प्रतिक, प्रयोगशालाविज्ञ सुशील थापा, युआरएल फाउण्डेशनका अध्यक्ष पन्त, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पत्रकार आरजु विष्ट सल्यानी तथा सम्मानित व्यक्तिद्वय शर्मा र श्रेष्ठले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button