सरकारले सुशासनका पक्षमा काम गरे हाम्रो साथ रहन्छ : उपमहासचिव पुन

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल तनहुँ शाखाले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको उल्लेख गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो ।

उनले सरकारले यसका लागि गर्ने हरेक कार्यमा आफ्नो पार्टीको साथ रहने बताए ।

“सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो, सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ, यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ माओवादी पार्टी अहिले सरकार फेरबदलमा लाग्दैन”, उपमहासचिव पुनले भने ।

उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएका तर वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकामा उनको जोड थियो ।

उपमहासचिव पुनले भने, “व्यवस्था त बदलियो तर अवस्था बदलिएन, हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछाैँ, जनताले खोजेको पनि यही हो, अहिले हामी सङ्गठन सुधारको अभियानमा लागिरहेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button