|फाइल तस्बिर
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ मा सोमबार साँझ एक ल्याण्ड रोभर जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच यात्रु घाइते भएका छन् ।
सदरमुकाम गाइघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना१च ३२६७ नम्बरको जीप सो पालिकाको वडा नं ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा त्रियुगा नगरपालिका वडा नं १६ बस्ने वर्ष २६ का जीपचालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गाडीमा सवार चार यात्रु त्रियुगा-४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का वर्ष ४७ का बलदीप राई, वर्ष ४१ की निललक्ष्मी राई र वर्ष ६२ की चरीमाया राई घाइते भएको प्रहरीले जनाएको छ ।
डीएसपी राजन चापागाईका अनुसार घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याउने काम भइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution