आज लाभ, अमृत र काल बेला परेको छ, श्रीगणेशको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ मंसिर २५ गते मंगलबार, इस्वीसंवत डिसेम्बर १० तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको दशमी तिथि रातिमा १ः०४ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा बिहानमा ११ः४३ बजेसम्म त्यसपछि रेवति लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात ३५ घटि ४० पलासम्म त्यसपछि वरियान योग रहनेछ । करणमा तैतिल रहनेछ ।

आनन्दादि योगमा सिद्धि रहनेछ । सूर्य वृश्चिक राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २५ घटि ५६ पला अर्थात १० घण्टा २६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४५ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा १ः१४ बजे र अस्ताउने समय रातिमा १ः०१ बजे रहेको छ । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज समय खराब छ । सरकारी कर्मचारीका लागि समस्या आउन सक्छ । ईष्टमित्रसँग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा पनि गडबढी हुन सक्ने सम्भावना छ ।

वृष : आज समय शुभ छ, मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुने छन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ ।

मिथुन : आज समय मध्यम खालको छ । स्वास्थ्यमा यसअघि समस्या थिए भने सुधार आउने छ । सामाजिक संघ, संस्था, चित्रकला, साहित्य, संगीत, पत्रकारिता क्षेत्रबाट लाभ हुनेछ । धार्मिक यात्रा फलदायी रहने देखिन्छ ।

कर्कट : आज समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला ।

सिंह : आज समय शुभ छैन । आफ्नै व्यक्तिसँग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबढी हुन सक्नेछ खानपानमा विशेष ध्यान पुर्याउनुहोला । चिसो, शूल–वायूको सम्भावना देखिन्छ ।

कन्या : आज समय राम्रो छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ, भरपूर फाइदा उठाउनुहोला ।

तुला : आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने योग छ । नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा तपाइँको जीत अवश्य हुनेछ ।

वृश्चिक : आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : आज समय खराब छ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुनेछ । लेनदेन, जग्गाको विवाद उत्कर्षमा पुग्नेछ, पशु चौपाय तथा कृषिसम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात हुन सक्नेछन् ।

मकर : आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुन सक्छ । नयाँ पुराना सबै मित्रसंग भेट हुन पाइने मौका रहनेछ ।

कुम्भ : आज नित्य कार्यबाट बञ्चित हुनुपर्ने छ । आज अत्यन्तै विश्वास गरिएका व्यक्तिबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : आज समय सुखमय देखिन्छ । भाग्यस्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ ।

साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले आज पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पूर्व र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४२ बजेदेखि ८ः०० बजेसम्म रोग बेला
बिहान ८ः०० बजेदेखि ९ः१८ बजेसम्म उद्धेग बेला
बिहान ९ः१८ बजेदेखि १०ः३७ बजेसम्म चर बेला
बिहान १०ः३७ बजेदेखि ११ः५५ बजेसम्म लाभ बेला
बिहानमा ११ः५५ बजेदेखि १ः१४ बजेसम्म अमृत बेला
दिनमा १ः१४ बजेदेखि २ः३२ बजेसम्म काल बेला
दिनमा २ः३२ बजेदेखि ३ः५० बजेसम्म शुभ बेला
दिनमा ३ः५० बजेदेखि ५ः०९ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०९ बजेदेखि ६ः५० बजेसम्म उद्धेग बेला
साँझ ६ः५० बजेदेखि ८ः३२ बजेसम्म चर बेला
राति ८ः३२ बजेदेखि १०ः१४ बजेसम्म लाभ बेला
राति १०ः१४ बजेदेखि ११ः५५ बजेसम्म अमृत बेला
राति ११ः५५ बजेदेखि १ः३७ बजेसम्म काल बेला
राति १ः३७ बजेदेखि ३ः१९ बजेसम्म शुभ बेला
रातिमा ३ः१९ बजेदेखि ०५ः०१ बजेसम्म रोग बेला
रातिमा ०५ः०१ बजेदेखि ६ः४२ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button