पोखरा । पोखराको न्यूरोडमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं ४ की २० वर्षीया प्रतीक्षा सिंह छन् ।
चिप्लेढुंगाबाट सभागृहचोकतर्फ जाँदै गरेको सिंहले चलाएको ग१८प ४९११ नम्बरको स्कुटर न्यूरोडको सिटीजन्स फर्निचर नजिकै विपरीत दिशाबाट आएको बा१३च २५७५ नम्बरको स्कारपियो एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरोडस्थित पद्यश्री अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटरकाे पछाडि सवार रुपा-५ देउरालीकी १९ वर्षीया अस्मिता बसौला घाइते भएकी छन् ।
प्रहरीले स्कारपियो चालक स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं ४ का ३९ वर्षीय भविन्द्र गौतमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । दुवै सवारीसाधन बैदाम प्रहरी नियन्त्रणमा छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution