रौतहट । बाराकाे गढीमाई दर्शन गरेर फर्किएका दर्शनार्थी सवार स्कारपियो आज बिहान रौतहटमा दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै ज्यान गएको छ । साे दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाको धन्सार-लमाहा सडकखण्डमा बा१६च ३१६२ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट उछिट्टिएर सडकभन्दा केही तलको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनसार मृतकको सनाखत हुन बाँकी छ । सो दुर्घटनामा चालकको पनि मृत्यु भएको पुष्टि भएको डीएसपी राईले बताए ।
साथै तीन जना घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको डीएसपी राईले जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान र आफन्तको खोजी भइरहेको उनले बताए । सबै दर्शनार्थी सिराहा अर्नमा गाउँपालिकाका हुन सक्ने अनुमान गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution