पोखराको माटेपानीमा कार दुर्घटना, बिजुलीको पोल ठनक्कै

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ माटेपानीमा गएराति करिब १२ बजे कार दुर्घटना भएको छ ।

भद्रकालीबाट रानीपौवातर्फ आउँदै गरेको बा१५च ६९५८ नम्बरको कार माटेपानीस्थित बिजी हस्पिटल नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कारको ठक्करबाट बिजुलीको पोल भाँचिएको छ भने कारको अगाडिको भाग ध्वस्त भएको छ ।

प्रहरीका अनुसार कार चालक पोखरा-१३ का ४३ वर्षीय अम्बर सापकोटा सकुशल छन् ।

उनले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा चलाएका कारण कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button