रौतहट दुर्घटनाः मृतक आठै जना एउटै टोलका [अपडेट]

रौतहट । रौतहटमा स्कारपियो दुर्घटनामा ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ । मृतक सबै सिराहाको अर्नामा गाउँपालिका वडा नं ३ बँठियाटोलका हुन् ।

दुर्घटनामा मृत्यु हुनेमा सवारी चालक ४० वर्षीय श्रीकुमार यादव, यात्रुहरु सिराहा अर्नामा गाउँपालिका वडा नं ३ का ६० वर्षीया लरुवतीदेवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महँगीदेवी महरा, ६२ वर्षीया फूलमन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया शकुन्तला देवी महरा छन् ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

दुर्घठटनामा घाइते भएका तीन जनाको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।

उनीहरु बारास्थित गढीमाईको दर्शन गरेर फर्किँदै गर्दा उनीहरु सवार स्कारपिओ दुर्घटनामा परेको हो । थिए ।

रौतहटको चन्द्रपुर नगरपालिकाको धन्सार-लमाहा सडकखण्डमा बा१६च ३१६२ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट उछिट्टिएर सडकभन्दा केही तलको रुखमा ठोक्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button