पोखरामा ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

  • पोखरा न्यूज
  • २०८१ मंसिर २५
पोखरामा ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

पोखरा । पोखरामा ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । यस अवसरमा प्रभातफेरी गरिएको छ ।

मानव अधिकार महाभेला गण्डकी प्रदेश पोखरा, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखरा सम्मिलित मूल समारोह समितिले प्रभातफेरी आयोजना गरेको हो ।

आज बिहान पोखराको चिप्लेढुंगास्थित मानव अधिकारचोकबाट शुरु भएको प्रभातफेरी र्‍याली पोखरा सभागृहमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो । प्रभातफेरीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमेत सहभागी थिए ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेर डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।

गण्डकीमा ‘सामाजिक, आर्थिक र वातावरणीय न्यायको आधारः सिमान्तकृत समुदायको मानव अधिकार’ भन्ने मूल नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो । आजै साँझ मानव अधिकारचोक चिप्लेढुंगामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रमसमेत छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस