पर्सा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पर्साको जिल्ला सरकारी वकिल कार्यालयमा बयान शुरु भएकाे छ ।
यो उनको बयान दिने पाँचौँ जिल्ला एवं पाँचौँ सहकारी ठगी प्रकरण हो । बयान सकिएपछि लामिछानेलाई पुन: कास्की ल्याउने छ।उनलाई पोखराबाट काठमाडौँ, काठमाडौँबाट सिमरा विमानस्थलमा उतारेर पर्सा पुर्याइएकाे थियाे ।
सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक ३ देखि कास्की प्रहरी हिरासतमा रहेका लाछिानेलाई आइतबार कास्की जिल्ला अदालतले चार दिन म्याद गरेको थियो ।
उनलाई यसअघि अदालतबाट कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १०, कात्तिक २५ मा १३ दिन र मंसिर ९ मा १५ दिन म्याद थप भएको थियो ।
यसबीचमा बयानका लागि उनलाई रुपन्देही, काठमाडौँ र चितवनसमेत पुर्याइएको थियो । बयानमा क्रममा उनले इन्कारी जवाफ दिएको बताइन्छ ।
लामिछानेलाई चितवनमा बयान सकाएर मध्यरातमा कास्की ल्याइएपछि प्रहरी विवादमा मुछिएको छ । चितवन प्रहरीले विज्ञप्ति प्रकाशित गरी लामिछानेकै सुरक्षाका लागि रातको समयमा कास्की लगिएको जनाएको छ ।
उनलाई भेट्न कास्की आएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा प्रमुख सचेत ज्ञानेन्द्र शाहीले लामिछानेमाथि अन्याय भएको जिकिर गरेका छन् । रवि पत्नी निकिताले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि आयोगले समेत अनुसन्धान थालेको छ ।
कात्तिक २ मा काठमाडाैँबाट पक्राउ परेका लामिछानेलाइ ३ गते कास्की ल्याइएकाे थियाे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution