लुम्बिनीद्वारा चितवनलाई १ सय ६८ रनको चुनौती

  • पोखरा न्यूज
  • २०८१ मंसिर २५
लुम्बिनीद्वारा चितवनलाई १ सय ६८ रनको चुनौती

पाेखरा। नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको १६औँ खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेलिरहेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चितवनले १ सय ६८ रनको चुनौती पछ्याइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेललको कप्तानी इनिङ्समा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनायो ।

रोहितले ५७ बलमा ८० रन बनाए । रोहितसँग मिलेर पाँचौँ विकेटका लागि १ सय १४ रनको साझेदारी गर्ने क्रममा साद बिन जाफरले रनआउट हुनुपूर्व ३५ बलमा ५२ रन जोडे । चितवनका रिजन ढकालले ३ विकेट लिए ।

लगातार चार हारसहित सबैभन्दा कमजोर लुम्बिनी जितविहीन एकमात्र टिम हो । चितवन भने यो खेल जित्दा ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा पुग्नेछ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस