पाेखरा । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ त्रिवि क्रिकेट मैदानमा भएको लिगको आफ्नो पाँचौँ खेलमा आएर लुम्बिनीले पहिलो जित हासिल गर्दै प्लेअफ सम्भावना जीवितै राखेको हो ।
मंगलबार भएको १६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो । चितवनले एक सय ६८ रनको चुनौती पछ्याउने क्रममा ८ विकेटको क्षतिमा १ सय ३४ रनमात्र बनाउन सक्यो ।
लुक बेन्केन्स्टेनले ३१, नर सार्कीले १२ बलमा अविजित रहँदै २२ तथा कप्तान कुशल मल्लले २० रन जोडे । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रामोन साइमन्डस्ले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेललको कप्तानी इनिङ्समा ६ विकेटको क्षतिमा १६७ रन बनायो ।
अलराउन्डर रोहितले ५७ बलमा ८० रन बनाए । रोहितसँग मिलेर पाँचौँ विकेटका लागि १ सय १४ रनको साझेदारी गर्ने क्रममा साद बिन जाफरले रनआउट हुनुपूर्व ३५ बलमा ५२ रन जोडे । चितवनका रिजन ढकालले ३ विकेट लिए ।
लगातार चार हारसहित सबैभन्दा कमजोर मानिएको लुम्बिनी पहिलो जितसहित पुछारबाट पाँचौ स्थानमा पुगेको छ ।
चितवन भने पराजित हुँदा ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । दुई अंकका पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज र विराटनगर किंग्सलाई लुम्बिनीले उछिनेको छ । आजको दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution