पोखरा । सिरियामा नयाँ प्रधानमन्त्री नियुक्त हुने भएको छ । मोहम्मद अल बसिरले सरकारको नेतृत्व गर्ने भएका हुन् ।
बसिरले अन्तरिम प्रधानमन्त्रीको रूपमा देशको संक्रमणकालीन सरकारको नेतृत्व गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विद्रोही समूह हयात ताहिर अल सामकोतर्फबाट इडलिब सरकारका पूर्व प्रमुख रहेका बसिर संक्रमणकालीन प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
सिरियाको नयाँ प्रशासनले मोहम्मद अल बसिरलाई संक्रमणकालीन सरकारको प्रधानमन्त्रीको रूपमा चयन गर्ने तयारी गरेको अल जजीरा अरबीले जनाएको छ ।
इडलिब सहर इस्लामवादी लडाकु समूह र यसका सहयोगीको लागि एउटा प्रान्त थियो, जहाँबाट उसले असद सरकारको बिरूद्ध दुई हप्ता अघि आक्रमण सुरु गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution