टस जितेर कर्णालीबिरुद्ध ब्याटिङ गर्दै पोखरा

  • पोखरा न्यूज
  • २०८१ मंसिर २५
टस जितेर कर्णालीबिरुद्ध ब्याटिङ गर्दै पोखरा

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजकाे दाेस्राे खेलमा पोखरा एभेन्जर्सले टस जितेकाे छ ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर कर्णाली याक्सबिरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसाे १:१५ बजे शुरु हुनेछ ।

कर्णाली याक्सले चार खेल खेल्दा दुई जित, दुई हार तथा पोखरा एभेन्जर्सले तीनमा एक खेल मात्रै जित्न सफल भएको छ ।

पोखराले लुम्विनीलाई १० विकेटले हराएको थियो । पोखरा त्यसअघि जनकपुरसँग सात तथा चितवनसँग ८७ रनले पराजित भएको थियो ।

पोखराका लागि मंगलबार हुने कर्णालीबिरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । लुम्विनीबिरुद्ध शानदार प्रदर्शन गरेसँगै पोखरा उत्साहित छ ।

लुम्बिनीविरुद्ध पोखराका एन्ड्रिज गौसले शतकीय पारी खेलेका थिए । उनले ५५ बलमा पाँच छक्का र १२ चौका प्रहार गर्दै अवीजित एक सय चार रन बनाएका थिए ।

गौस अहिलेसम्मकै सबैभन्दा बढी रन बनाएर एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस