पोखरा-मुग्लिन सडक : पृथ्वीराजमार्गकाे अवराेध हट्याे

  • पोखरा न्यूज
  • २०८१ मंसिर २५
पोखरा-मुग्लिन सडक : पृथ्वीराजमार्गकाे अवराेध हट्याे

|फाइल तस्बिर

पाेखरा। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।

पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो ।

मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको थियाे ।

पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउने उनले बताए ।

पोखरा-मुग्लिन सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको इन्जिनियर पाण्डे बताए । पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस