पोखरा । लमजुङमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा लमजुङ दोर्दी गाउँपालिका वडा नं ३ केराबारीका वर्ष २२ का सुनिल परियार छन् ।
मंगलबार साँझ करिब ५ः२५ बजे दोर्दी गाउँपालिका वडा नं ५ पाचोकबाट नौथर शेरातर्फ आउँदै गरेको प्र.०२-००१ त ४४८० नं को ट्याक्टर दोर्दी गाउँपालिका वडा नं ४ सादीखोलामा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरीचौकी श्रीभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रेखबहादुर थापाको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक राजकिशोर शाह तेलीको कमाण्डमा प्रहरी टोली खटिएर परियारको शव अस्पताल ल्याउने कार्य गरेको हो ।
चालक परियारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिको प्रहरीले जनाएको । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution