पोखरा । नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद पुन पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार लोकार्पण गरेका हुन् ।
पुस्तकको लोर्कपर्ण गर्दै नगर प्रमुख आचार्यले पुर्जाद्वारा लिखित पुस्तकले नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील सुरकर्मीलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका कला, साहित्य र सृजनाको विकास, प्रवद्र्धन र उन्नयनका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रकृति मानव केन्द्रित जनअभियान नेपालका अध्यक्ष कृष्ण गौतमले पुर्जालाई प्रकृतिको नजिक रहेर साहित्यिक रचनामा तीक्ष्ण क्षमता राख्ने सर्जकका रूपमा उल्लेख गरे ।
प्रकृतिप्रतिको लेखक पुर्जाको समर्पण उदाहरणीय रहेको उनले बताए । लेख तथा रचनामार्फत वातावरणप्रति सचेतना जगाउने सन्दर्भमा पुर्जा जस्ता सर्जकको योगदान उल्लेखनीय रहेको गौतमले बताए ।
४६ जना सुरकर्मीको कलाप्रतिको योगदान, संघर्ष र जीवनी बारेमा लेखिएको पुस्तकमाथि प्रेस स्वतन्त्रता सेनानी बद्रीबिनोद प्रतीकले टिप्पणीसहित विवेचना र प्रेस स्वतन्त्रता नवराज सुवेदीले स्रष्टा परिचय राखेका थिए ।
समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीका अध्यक्ष रुद्रबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, लेखक पुर्जा र समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देललगायतले बोलेका थिए ।
यसअघि पुर्जाका लोकसंस्कृतिका सुसेली, बस्ती भित्र र साइनो नामका पुस्तक प्रकाशित भइसकेका छन् ।
पुर्जाले सामाजिक, सांस्कृतिक र समसामयिक विषयवस्तुमा कलम चलाउने गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution