|फाइल तस्बिर
जाजरकोट । जाजरकोटमा गएराति जीप दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
मृत्यु हुनेमा जीप चालक इन्द्रजित थापा, यात्रु शारदा थापा, शीला पुन र लक्ष्मी पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
साथै लक्ष्मी पुनको एक महिनाको छोरा बेपत्ता भएकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका दुईको उद्धार उपचारका लागि अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार बुधबार राति कालिमाटी बजारबाट कैना हुँदै कटके गाउँ जाने क्रममा नलगाड नगरपालिका वडा नं ३ को बाँस्कुटी उकालोमा जीप दुर्घटनमा परेको हो । जीप उकालो घुम्ती नजिकबाट बिराखोलामा झरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution