|पोखरा एभेन्जर्स
पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा आज पोखरा एभेन्जर्सले विराटनगर किंग्सको सामना गर्दैछ ।
प्लेअफ पुग्ने आशा जीवितै राख्न दुवै टिमलाई यो खेल जित्नैपर्ने दबाब छ । खेल आज बिहान ९ः१५ बजे शुरु हुनेछ ।
पोखराले चार खेलमा एक खेल मात्रै जित्न सफल भएको छ । पोखराले जितेको एक खेलमा लुम्विनीलाई १० विकेटले हराएको थियो ।
पोखरा जनकपुरसँग ७, चितवनसँग ८७ रन तथा कर्णालीसँग ७ विकेटले पराजित भएको थियो ।
आजै दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज् भिड्दै छन् । यो खेल जित्दा जनकपुरले प्लेअफ पक्का गर्नेछ भने काठमाडौँले जित्दा प्लेअफ सम्भावना बलियो बनाउने छ ।
प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । ६ खेलबाट २ अंकमात्र बटुलेको लुम्बिनी प्लेअफ होडबाट औपचारिक रुपले बाहिरिने पहिलो टिम बनेको हो ।
आफ्नो छैटौँ तथा लिगको १९औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग पराजित भएको थियो । जितसँगै काठमाडौँको प्लेअफ सम्भावना कायमै रहेको छ ।
अंक तालिकामा ५ खेलबाट ८ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको छ । पहिलो हार बेहोरेको जनकपुर ५ खेलबाट ८ अंकबाटै दोस्रो स्थानमा छ ।
चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ ।
काठमाडौँ गुर्खाज ४ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । लुम्बिनी लायन्सको ६ खेलबाट २ अंकमात्रै छ । विराटनगर किंग्स र पोखरा एभेन्जर्सको समान २ अंक छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution