पोखराको नागढुंगामा सवारी दुर्घटना, फूलवारीका प्रदीपको मृत्यु

पोखरा । पोखरामा गएराति सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं २० घर भई हाल पोखरा महानगरपालिका वडा नं ११ फूलबारी बस्ने ३१ वर्षीय प्रदीप राई छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गास्थित सडकमा ग१ख ३७५४ नम्बरको बसले र बा.प्र.०४४ प ८७२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button