डेस्टिनेशन लायन्सको नवाैँ चार्टर नाइट

पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेशन आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा नवौँ चार्टड नाइट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले सामाजिक क्षेत्रमा डेस्टिनेशन लायन्स क्लबले खेलेको भूमिका सराहनीय भएको बताए ।

क्लब अध्यक्ष खेमराज तिमिल्सिनाले अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लब सचिव छबीलाल पनेरुले गरेका थिए भने कार्यक्रम संयोजन क्लब प्रथम उपाध्यक्ष राजु पौडेलले गरेका थिए ।

कार्यक्रममा डिस्ट्रिक्ट फस्ट लेडी मैना अर्याल, फष्ट भीडीजी धनीराम बराल, ट्रेजरर शम्भुराज बास्तोला, चिफ एडभाइजर किशोर बराल, जिएसटी कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, सिनियर काउन्सिलर दिनबन्दु पौडेल, मेम्बर रीइनिसीएटिट कोअर्डिनेटर मोहन सवेदी, एक्टेन्सन चियरपर्सन दुर्गा पाण्डे, सिग्नेचर प्रोजेक्ट एक्सपोर्ट शारदामोहन काफ्ले, क्लस्टर-१ प्रमुख लक्ष्मण तिमिल्सिना, जोन चियरपर्सन सम्झना रानाभाट, डिपार्टमेन्ट चिफ दीलु तिवारी, कोजोन फडिन्द्र शर्मा, कोजोन युवराज पौडेललगायत क्लब चार्टर अध्यक्ष प्राडा सरस्वती न्यौपाने, पूर्वअध्यक्ष डा अमर नागिला, पूर्वअध्यक्ष रामप्रसाद तिमिल्सिना, निवर्तमान अध्यक्ष सन्तोष शर्मा तिमिल्सिना सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button