काठमाडौँ । योग शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित योगगुरु राधिका पन्तको ‘हाम्रो योगयात्रा’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
पतञ्जली योग समिति भक्तपुरद्वारा आयोजित कार्यक्रममा डा यज्ञेश्वर निरौला, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, अधिवक्ता कमला ओली, प्राध्यापक चेतोनाथ गौतम, पूर्वसचिव सोमबहादुर थापा, लेखनाथ पन्तलगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।
‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल भावसहित लोकार्पित पुस्तकमा योगशास्त्र, योगविधि, योगदर्शनलगायत विषयमा विस्तृत जानकारी दिइएको छ ।
कार्यक्रममा निरौलाले पन्तद्वारा लिखित पुस्तकले योगअभ्यास गर्नेहरुका लागि अत्यन्तै महत्वपूर्ण र उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले पन्तको लेखनशैली अत्यन्त उत्कृष्ट रहेको उल्लेख गर्दै आगामी दिनमा पनि योग साहित्य एवं कलालाई केन्द्रमा राखेर थप कृति आउने अपेक्षा पनि गरे ।
पुस्तकमाथि प्रकाश पार्दै उपप्राध्यापक ज्ञवालीले योगलाई जीवनसँग जोड्दा हुने बहुआयामिक उपयोगिताबारे पुस्तकले स्पष्ट पार्नुका साथै योग विधिबारे पनि व्यापक र गहन संष्लेषण गरेको बताए ।
कार्यक्रमका सभापति नित्यनाथ श्रेष्ठले पुस्तक पढिसकेपछि योग साधनालाई प्रभावकारी बनाउन थप ऊर्जा प्राप्त हुने भएकाले पुस्तककी लेखक राधिका पन्तको प्रयत्नलाई सह्राना गरे ।
प्रकाशित एक सय ८० पृष्ठको पुस्तकको मूल्य रु तीन सय पाँच तोकिएको छ । पुस्तकमा अष्टे«लिया यात्रा, योग जागरण गोरखा, माडीबसाइका उपलब्धि, २०८० सालका गतिविधि, चैत्रलगायतका शीर्षक छन् ।
पन्तको तीजका ‘गीत सङ्ग्रह, ‘भोको मान्छे’ ‘कविता सङ्ग्रह’, ‘विजय शोककाव्य’ ‘राधालेख मिश्रित विद्या’ लगायत आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution