पत्रकार महासंघको निर्वाचन आज, कास्कीमा बराल र अधिकारीकाे भिडन्त

  • पोखरा न्यूज
  • २०८१ मंसिर २८
पत्रकार महासंघको निर्वाचन आज, कास्कीमा बराल र अधिकारीकाे भिडन्त

पाेखरा । नेपाल पत्रकार महासङ्घको निर्वाचन आज हुँदैछ । महासंघकाे केन्द्रीय अध्यक्षमा निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा छन् ।

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका छन् । त्यस्तै देवीप्रसाद सापकोटास्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षका लागि युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्य प्रतिस्पर्धी हुन् ।

महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुने ।

यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी छन् ।

यता, कास्कीकाे अध्यक्ष पदमा माधव बराल र राजेन्द्र अधिकारी भिड्दै छन् । बराल महासंघ कास्कीका वर्तमान सचिव हुन् भने अधिकारी पूर्व उपाध्यक्ष हुन् ।

बरालले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उम्मेद्वारी दर्ता गराएका हुन् । महासंघमा दुई संगठनको भागवण्डा गर्ने क्रममा कास्की चौतारीको भागमा परेपछि चौतारीकै पूर्वअध्यक्षसमेत रहेका बरालले उम्मेद्वारी दर्ता गराएका हुन् । अधिकारीले भने एकल रुपमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

बराल र अधिकारीको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । ‘पत्रकारितामा दुवै परिचित अनुहार हुन्, कसले बाजी मार्छन् भन्ने अनुमान लगाउन गाह्रो नै छ’, महासंघ कास्कीका एक पूर्वअध्यक्ष भन्छन् ।

यस्तै उपाध्यक्ष पदमा कमल पौडेल अथक, माधवप्रसाद रेग्मी र श्रीराम सिग्देलको उम्मेद्वारी परेको छ । रेग्मीको उम्मेद्वारी गठवन्धनका तर्फबाट दर्ता भएको हो ।

महिला उपाध्यक्षमा कञ्चन थापा र विनाकुमारी थापा, सचिवमा भूपाल गुरुङ र सन्देश श्रेष्ठ, समावेशी सचिवमा दिलप्रसाद गुरुङ र धनबहादुर गुरुङ (सुमन) को उम्मेद्वारी परेको छ ।

यस्तै सहसचिवमा मधु अधिकारी र श्रीभद्र पौडेल, कोषाध्यक्षमा युवराज गुरुङ (युनीश), राजाराम पौडेल र सुरेश अधिकारीको उम्मेद्वारी परेको छ ।

यस्तै आठ जना कार्यसमिति सदस्यका लागि १३ जनाको उम्मेद्वारी परेको छ । जसमा अर्जुन (सुशान्त) गाहा, गौरव त्रिपाठी, चीरञ्जीवि पौडेल (उत्तम), तुलसीराम सुवेदी, दीपक श्रेष्ठ, निराजन अधिकारी, पुष्पराज दाहाल, बालकुमारी पौडेल (तारा), विष्णु गौतम, राजु गिरी, रिखिराम जिसी, सन्तोष सुवेदी, सन्दिप पौडेल छन् ।

यस्तै महिला सदस्यमा कविता घर्तीमगर र देवीका तामाङ्ग, दलित सदस्यमा सन्तोष परियार र सुरेश सुनारको उम्मेद्वारी परेको छ ।

यसैगरी आदिवासी जनजातिमा पुनम थापामगर र समावेशीमा सूर्यबहादुर परियार निर्विरोध निर्वाचत भएकी छन् ।

यता, चार जना केन्द्रीय पार्षदका लागि ११ जनाको उम्मेद्वारी परेको छ । जसमा अमृतराज उपाध्याय तिवारी, आरजु सल्यानी (मोहनकुमार विष्ट), ऋषिराम बराल, कृष्ण दुवाडी, कृष्णमणि बराल, दिननाथ बराल, भरत कोइराला, एमबी आस्था (मानबहादुर घर्ती, राजबहादुर गुरुङ, रामप्रसाद तिमिल्सिना र शिरोमणि बराल छन् ।

यसैगरी १५ जना प्रदेश परिषद सदस्यमा १७ जनाको उम्मेद्वारी परेको छ । जसमा केशव पाठक, खीमाकुमारी गुरुङ, खेमबहादुर सारु, गणेशकुमार श्रेष्ठ, घनश्याम पाण्डे, दुर्गाप्रसाद पौडेल, निरज कायस्थ, प्रकाश ढकाल, वासुदेव मिश्र, विष्णुप्रसाद सापकोटा, मनोहरि पौडेल, राम गुरुङ, रुद्र श्रीष मगर, शिवराज वस्ताकोटी, सन्तोष बस्याल, सुदर्शन रञ्जित र हरि पन्त छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस