एनपीएल : लुम्बिनी लायन्स बलिङमा

पाेखरा। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुरुवातमा बलिङ गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । लुम्बिनी एनपीएलको प्लेअफ होडबाट बाहिरिसकेको छ ।

अंक तालिकामा ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।

चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

पोखरा ५ खेलबाट ४ अंकसहित छैटौँ, लुम्बिनी लायन्स ६ खेलबाट २ अंकसहित सातौँ तथा विराटनगर ५ खेलबाट २ अंकसहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button