पोखरास्थित अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा डीआईजी रावल

  • पोखरा न्यूज
  • २०८१ मंसिर २८
पोखरास्थित अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा डीआईजी रावल

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भोलाबहादुर रावल आउने भएका छन् ।

नेपाल प्रहरीले आठ डीआईजीको पदस्थापन र काज सरुवा गरेकामा रावललाई पोखरा सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारीसहितको सरुवा गरेको जनाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंसिर १७ गते बसेको मन्त्रीस्तरीय बैठकले जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ पदबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरेको र उनीहरुलाई २७ गतेको निर्णयअनुसार पदस्थापन र काजमा सरुवा गरिएको जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार ध्रुवराज राउत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, गणेश चन्द सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सिद्धिविक्रम शाह नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र सुशिलसिंह राठौर नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा जिम्मेवारी तोकिएका छन् ।

यस्तै उमाप्रसाद चतुरवेदी नेपाल प्रहरी प्रधान कार्यालय, हिमालय कुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र डम्बरबहादुर विक साइबर ब्युरोमा काजमा खटिएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस