आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

  • पोखरा न्यूज
  • २०८१ मंसिर २८
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक हजार दुई रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन तोलामा एक लाख ५४ हजार दुई सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा एक लाख ५३ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

बिहीबार तोलामा एक हजार नौ सय २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस