मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते

  • पोखरा न्यूज
  • २०८१ मंसिर २८
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते

रौतहट । रौतहटमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा गौर नगरपालिका वडा नं ६ सवगडाका २२ वर्षीय सुरज साह छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका वडा नं ६ सवगडास्थित सडकमा साह सवार बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र.२-०३-०१३ प ६६५२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।

साथै दुर्घटनामा घाइते भएका प्र.२-०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल चालकको सर्वोत्तम अस्पताल वीरगन्जमा उपचार भइरहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस