|फाइल तस्बिर
चितवन । चितवनमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा हाल वतन नखुलेका ३५ वर्षीय भीम कटुवाल छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गास्थित मुग्लिन-नारायणगढ सडकमा बाप्र ०३-००१ ख २५२४ नम्बरको ट्रक र बाप्र०१-०१३ च ०११३ नम्बरको बोलेरो एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका बोलेरो चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक कटुवाल सोही बोलेरोमा सवार थिए ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution