पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा शनिबारदेखि हुने दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
पोखरा रंगशालामा पुस ३ गतेसम्म चल्ने प्रतियोगिताको खेल तालिका शुक्रबार सार्वजनिक गरिएको हो ।
खेल तालिकाअनुसार उद्घाटन खेलमा शनिबार बिहान ७ बजे सबलाईम र नेपाल आदर्शबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल ९ बजे राष्ट्रिय माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालयबिच हुनेछ । तेस्रो खेलमा साढे १० बजे शान्ति निकुञ्ज र फिस्टेल एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिन ६-६ वटा खेल खेलाइने छ । फाइनल खेल पुस ३ गते दिउँसो १ बजे हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका २३ विद्यालयले सहभागिता जनाएको विश्वविद्यालयले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक डा. मधुसूधन सुवेदीले जानकारी दिए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताए ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।
यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा. सुवेदीले बताए ।
२०७९ मा भएको प्रथम कुलपति रनिङसिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको थियो ।
यस्तो छ खेल तालिका
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution