एनपीएलको प्लेअपबाट बाहिरियो पोखरा

  • पोखरा न्यूज
  • २०८१ मंसिर २९
एनपीएलको प्लेअपबाट बाहिरियो पोखरा

|पोखरा एभेन्जर्स

पोखरा । पोखरा एभेञ्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको प्लेअपबाट बाहिरिएको छ ।

शनिबारको निकै महत्वपूर्ण खेलमा काठमाडौँ गुर्खाजसँग ६ विकेटले पराजित भएसँगै प्लेअपबाट बाहिरिएको हो । यो जितसँगै काठमाडौँको प्लेअफ सम्भावना अझै कायम छ ।

पोखराले जितका लागि दिएको १ सय ३९ रनको चुनौती काठमाडौँले १४दशमलव १ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो ।

स्टेफेन इस्किनाजीले ३४ बलमा ६० रन बनाए । त्यस्तै मिचेल लेभिटले ३२, भिम शार्कीले २२ तथा गेहार्ड इरास्मसले अविजित रहँदै २५ रन बनाए । पोखराका बिपिन खत्रीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । रेमन राइफरले ३० बलमा अविजित रहँदै ४१ तथा दिनेश खरेलले २५ बलमा ३८ रन बनाए । करण केसी र रसिद खानलले ३-३ विकेट लिए ।

अंक तालिकामा ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।

कर्णाली ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । चितवन ६ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

काठमाडौँ गुर्खाज ६ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा छ । विराटनगर किंग्स ६ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

पोखरा एभेन्जर्स ६ खेलबाट ४ अंकसहित सातौँ तथा लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित पुछारमा छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस