जीप दुर्घटनामा श्रीमान-श्रीमतीसहित तीन जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ मंसिर २९
जीप दुर्घटनामा श्रीमान-श्रीमतीसहित तीन जनाको मृत्यु

|फाइल तस्बिर

रुपन्देही । रुपन्देहीमा आज जीप दुर्घटना हुँदा श्रीमान श्रीमती र चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँका बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपाने छन् ।

गौरी खनाललाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा जीप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

डीएसपी पण्डितका अनुसार लु२च २४८० नम्बरको जीप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

जीप पुल पार गरिसकेपछिको मोडमा दुर्घटनामा परेको उनले बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस