जीप दुर्घटनामा श्रीमान-श्रीमतीसहित तीन जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा आज जीप दुर्घटना हुँदा श्रीमान श्रीमती र चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँका बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपाने छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गौरी खनाललाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा जीप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

डीएसपी पण्डितका अनुसार लु२च २४८० नम्बरको जीप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

जीप पुल पार गरिसकेपछिको मोडमा दुर्घटनामा परेको उनले बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button