पोखरा । बागलुङमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी मुसीकोटका २४ वर्षीय टेकबहादुर विक छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शुक्रबार राति गलकोट नगरपालिका वडा नं ३ भैसेको पुलस्थित सडकमा ध१त १९२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सो दुर्घटनामा चालक विक गम्भीर घाइते भएकामा उपचारका लागि नगर अस्पताल गलकोट लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution