लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं ९ लामागाउँ नजिक एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
मृतक बेसीशहर नगरपालिका वडा नं ६ भैयाश्वर बस्ने ६५ बर्षीया सिंहबहादुर रिमाल रहेको प्रहरीले जनाएको छ ।
उनी शुक्रबार राति करिब ७:१५ बजे लामागाउँस्थित बाटोदेखि १५ मिटर तल लडेर बाँसको झ्याङ्मा अड्किएको अवस्थामा मृत फेला परेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार उनी मापसे गरेर हिंड्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर शाहले बताए ।
मृत्यु भएका रिमालको शव लमजुङ अस्पतालमा परीक्षण गरिएको र घट्नाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution