लमजुङ । लमजुङमा बाटोमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ ।
शनिबार राति ७ बजे सुन्दरबजार नगरपालिका वडा नं ९ फूलबारीस्थित बाटोमा बेहोस अवस्थामा भेटिएका ५५ बर्षका सन्तोष राईको मृत्यु भएको हो ।
बेहोस अवस्थामा रहेका उनलाई केही स्थानीयले उपचारका लागि सुन्दरबजार अस्पताल लगिएको थियो ।
अस्पतालमा सामान्य उपचार पश्चात सुन्दरबजार नगरपालिकाको सहयोगमा भरतपुर अस्पताल चितवन पठाइएकोमा उनको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय स्तरमा मजदुरी गर्दै हिँड्ने उनको अन्य ठेगाना खुलेको छैन् । घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution