पोखरा । रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको बोर्ड बैठकमा पछिल्लो प्रगति र आगामी कार्यक्रमका बारेमा छलफल भएको छ ।
परियोजनाअन्तर्गत कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप-साइकल (आरयू) उद्यमलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्दै आरयू उद्यमको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।
ग्रीन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) पनि प्रदान गर्नेछ ।
महानगरपालिकाको स्वामित्वमा रहेको परियोजनाले हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोगमा समुदायलाई सक्रिय रूपमा परिचालन गर्नेछ ।
यस परियोजनाले युवालाई रोजगारीसँग जोड्ने छ भने आयआर्जनमा समेत योगदान गर्नेछ । यो परियोजना सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने नगर प्रमुख धनराज आचार्यको विश्वास छ ।
बैठकमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, युएनडिपीका प्रतिनिधि जुलियन चेभिल्लार्ड, कल्पना सरकार, धर्म स्वर्णकार, सुदिप अर्याल र कोइकाको तर्फबाट विकास रावल, प्रोजेक्ट म्यानेजर यमुना सुवाललगायतको टिम सहभागी थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution