एमाले पोखरा-२६ को अध्यक्षमा मनहरि ढुङ्गाना निर्वाचित

पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा-२६ को अध्यक्षमा मनहरि ढुङ्गाना निर्वाचित भएका छन् । पार्टीको दोस्रो अधिवेशनले ढुङ्गानालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

पार्टीको उपाध्यक्षमा रामकृष्ण जिसी, सचिवमा हरिशचन्द्र देवकोटा, उपसचिवद्वयमा प्रविण रानाभाट र शर्मिला सुनार छन् ।

यस्तै कार्यसमिति सदस्यमा श्रीभद्र बराल, विश्वराज अधिकारी, श्रीप्रसाद बस्तकोटी, सीता ढुङ्गाना, पुरुषोत्तम ढुङ्गाना, सीता सापकोटा, लक्ष्यबहादुर गोदार, रमेश जिसी, जगन्नाथ तिमिल्सिना, भीमप्रसाद अधिकारी, सूर्यप्रसाद बराल, कृष्ण पुन, कृष्ण सुवेदी, सीता कुँवर, वीरबहादुर बिक, राजु अधिकारी, पवित्रा बास्तोला बराल, जमुना परियार, हरिश्चन्द्र तिमिल्सिना, कुशल अधिकारी, बुद्धिजम कार्की, लक्ष्मीप्रसाद सुवेदी, सुमित्रा बन्जरा र राममणि बराल छन् ।

अधिवेशन उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।

पार्टी अध्यक्ष आरसी तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रबिण रानाभाटले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button