पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालयको १७औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट कृष्णहरि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ ।
समिति उपाध्यक्षमा निर्मला पौडेल, सचिवमा पदमप्रसाद अधिकारी, कोषाध्यक्षमा माधव भण्डारी र सहसचिवमा मीनकुमारी डल्लाकोटी निर्वाचित बनेका छन् ।
कार्यसमिति सदस्यमा विश्वराज पौडेल, चन्द्रबहादुर गुरुङ, विष्णुहरि पौडेल, कमला भण्डारी, एलिसा केसी र शान्ता पौडेल निर्वाचित भएका छन् ।
निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति संयोजक बाबुराम सुवेदी, सदस्यद्वय दीपकमणि भण्डारी र नवराज तिवारी एवं संस्थापक अध्यक्ष ईश्वरबहादुर हमालले शपथग्रहण गराए ।
साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै नेपाल सरकारका पूर्वगृह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालय ज्ञानको भण्डार भएकाले पाठक निरन्तर पुस्तकालय आउने वातावरण आवश्यक रहेको बताए ।
पुस्तकालयलाई नमूना पुस्तकालयका रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
साधारणसभाले पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीको प्रगति प्रतिवेदनसहित भावी योजना, कोषाध्यक्ष माधव भण्डारीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् पुस्तकालयका उपाध्यक्ष निर्मला पौडेल, पोखरा महानगरपालिका–२९ का निवर्तमान वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठलगायतले पुस्तकालयको महत्वबारे प्रकाश पारेका थिए ।
साधारणसभाका अवसरमा पाठक सदस्य सम्मानअन्तर्गत विशेष ढकाल, वेदप्रसाद शर्मा र कविता परियारलाई सम्मान गरिएको थियो ।
विसं २०५९ मा कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भई दीपशिखा वाचनालयका नामबाट सञ्चालित यो पुस्तकालय शिक्षा तथा प्रविधि मन्त्रालयबाट उत्कृष्ट पुस्तकालयको पुरस्कार पाउन सफल भएको छ ।
विसं २०६९ देखि नियमित सञ्चालन भइरहेको पुस्तकालयले समाज कल्याण परिषद् र नेपाल सामुदायिक पुस्तकालय सङ्घबाट समेत सम्बन्धन प्राप्त गरिसकेको छ ।
एक सय ५३ आजीवन सदस्य रहेको यो पुस्तकालयमा पुस्तक तथा पत्रपत्रिका प्रयोगकर्ताको सङ्ख्या वार्षिक १५ हजारभन्दा बढी छ ।
आफ्नै सुविधासम्पन्न भवन रहेको पुस्तकालयमा विगत १० वर्षदेखि निःशुल्क रूपमा शिक्षा, कम्प्युटर सीप, स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, महिला सशक्तीकरण, जलवायु परिर्वतन, विपद् व्यवस्थापनका साथै विभिन्न सीपमूलक तालिम प्रदान गरिँदै आइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution