पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी पोखरा-९ को अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् । पार्टीको दोस्रो वडा अधिवेशनले सरुको नेतृत्वमा ३३ सदस्यीय नयाँ वडा कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार, उपसचिवमा ध्रुवबहादुर थापा र लेखमाया थापा चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा पूर्व सदस्य प्रभा कोइरालाले नेकपा एमालेका कार्यकर्ता जनताको समस्यालाई आफ्नो मानेर साथ र सहयोग गर्नु पर्ने बताइन् ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य चन्द्रबहादुर रोका, कास्की जिल्ला सदस्य कमलबहादुर श्रेष्ठ, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, सदस्य जगदीश खनाललगायतले बोलेका थिए ।
वडा कमिटी अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केशव भुजेलले र सञ्चालन कृष्ण परियारले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution