पोखरामा नवौँ ‘मिस तामाङ’ छान्न तालिम शुरु

पोखरा । पोखरामा नवौँ संस्करणको मिस तामाङ पोखरा हुने भएको छ । बैदाम तामाङ समाज पोखराले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताइन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रतियोगीलाई विभिन्न विषयमा प्रदान गरिने तालिमको सुरुवात गरिएको संयोजक तामाङले बताइन् ।

जसअन्तर्गत पहिलो दिनको अभिमुखीकरणको सहजीकरण पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए ।

सो अवसरमा पौडेलले भाषा, संस्कार र संस्कृति सकियो भयो कुनै पनि समुदायको अस्थित्व विलुप्त हुने हुँदा यसतर्फ युवा पुस्ता सचेत हुनुपर्नेमा जोड दिए ।

यसअघि नेपाल सरकार भाषा आयोगका पूर्वसदस्य अमृत योञ्जनले तालिम सुरुवात गरेका थिए ।

सो अवसरमा योञ्जनले हरेक भाषा चेपुवामा पर्दै गएको सन्दर्भमा युवा पुस्तालाई आफ्नो संस्कार, भाषा र भेषभूषाप्रति रुची जगाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा मिडिया संयोजक सञ्जय मल्ल, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष शिबु ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ समन्वय समिति कास्कीका सचिव मीनमाया तामाङ, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ संघीय सदस्य सुजन ब्लोन तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, राम लामालगायतले बोलेका थिए ।

सहभागीलाई हरेक दिन विभिन्न विषयमा तालिम प्रदान गरिने कार्यक्रमका सहसंयोजक रोशिला ब्लोन तामाङले जानकारी दिइन् ।

प्रतियोगितामा लावनी तामाङ, सुप्रिया गोले तामाङ, सोनिका तामाङ, पूर्णिमा तामाङ, सुमिना तामाङ, प्रिन्सेस घिसिङ तामाङ, शिशा लामा, मञ्जिता पाख्रिन, जमुना लामा, सुनिता तामाङ, पवित्रा तामाङ, पूर्णिमा लामा र आकृति तामाङ सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button