
झापा । झापामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा झापा गौरादह नगरपालिका वडा नं ५ की ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई छन् ।
दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि दमक अस्पताल पठाएकोमा धिमाल र राईलाई चिकित्सकले मृत्यु घोषित गरेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक मोरङ रतुमाई नगरपालिका वडा नं ८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तीन जना सवार प्रदेश नं. १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल दमक नगरपालिका वडा नं १० सेतुमारी चोक नजिकै दुर्घटनामा परेको हो ।
मोटरसाइकल तीव्र गति र ओभरलोड हुँदा अनियन्त्रित भई पल्टिएको प्रहरीको अनुमान छ ।
मोटरसाइकल चालक जिल्ला मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





