एशिया कप : पहिलो पटक पाकिस्तानसँग भिड्दै नेपाल

  • पोखरा न्यूज
  • २०८१ पौष १
एशिया कप : पहिलो पटक पाकिस्तानसँग भिड्दै नेपाल

पोखरा । एसीसी १९ वर्ष मुनिको महिला एशिया कपमा आज नेपाली महिला टोलीले पहिलो पटक एशिया कप खेल्दैछ ।

आज नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ११ः४५ बजे हुनेछ ।

हिजोको भएको खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । एशिया कप खेल्न नेपाली टोली गएको शुक्रबार मलेसिया प्रस्थान गरेको थियो ।

महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गरिरहेकी छन् ।

एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् ।

समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् । नेपाल मंगलबार भारतसँग खेल्दै छ ।

दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने बताइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस