
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु साथै थोरै स्थानमा कुहिरो लागे पनि दिउँसो देशैभरीको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति भने गण्डकीको हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु साथै थोरै स्थानमा कुहिरोको तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





