नेपाल रेडक्रस सोसाईटी पोखरा-९ को अध्यक्षमा पहारी

पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–९ को अध्यक्षमा राजेन्द्र पहारी चयन भएका छन् । संस्थाको ३१औँ साधारणसभा तथा नवौँ अधिवेशनले पहारीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपसभापतिमा लक्ष्मी पहारी, सचिवमा बासुदेव तिम्सिना, कोषाध्यक्षमा उत्तम जोशी, उपसचिवमा सञ्जय आचार्य, उपकोषाध्यक्षमा कृष्णबहादुर रानाभाट छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसैगरी सदस्यमा शेषनारायण पौडेल, शम्भुलाल श्रेष्ठ, हिरा घले, रुपा केसी र दिलमाया गुरुङ छन् ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रेडक्रस संस्थाले विशुद्ध मानवीय सेवा गर्ने भएकोले वडाले पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले वडाबाट गरिने विपद्का कार्य तथा विपन्न परिवारलाई राहत दिने जस्ताका परोपकारी कार्य पनि रेडक्रस सोसाईटीसँग मिलेर गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा वडा सदस्य नन्दराम गिरि, लक्ष्मी पहारी, गीता चम्रकार, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, जिल्ला कोषाध्यक्ष तथा मतदान अधिकृत सन्तोष अधिकारी, भवन निर्माण उपसमिति अध्यक्ष शम्भुलाल श्रेष्ठ, साहरा बाल आधारभूत विद्यालयका अध्यक्ष विक्रम थकाली, सस्थापक अध्यक्ष रामकृष्ण पहारीलगायतले बोलेका थिए ।

सभामा कार्यबाहक सचिव वासुदेव तिम्सिनाको सांगठनिक र कोषाध्यक्ष उत्तम जोशीको आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरिएको थियो ।

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने, सस्थापक, यशस्कर सदस्य, बिशिष्ट सदस्य तथा आजीवन सदस्यलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति राममाया मानन्धरले र सञ्चालन सचिव वासुदेव तिम्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button