पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई आज पनि म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सातौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई ३ गते कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १०, कात्तिक २५ मा १३ दिन, मंसिर ९ मा १५, मंसिर २३ मा चार र मंसिर २७ मा पाँच दिन म्याद थप भएको थियो ।
आज लामिछानेसहित सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका पाँचै जनालाई अदालत उपस्थित गराइएको छ । जसमा पूर्वडीआइजी छविलाल जोशी, पोखराका कृष्ण गुरुङ, लीला पछाई, व्यवसायी रामबहादुर खनाल छन् ।
प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले केही दिन म्याद थपको माग गरिएको छ । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेको भनाइ छ ।
सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र एक अर्ब ५१ करोड बिगो मागसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारीसमेत रहेकअ डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution