भानुआतुमा गयाे ७दशमलव३ म्याग्निच्युडको भूकम्प, भवनहरु ध्वस्त

  • पोखरा न्यूज
  • २०८१ पौष २
भानुआतुमा गयाे ७दशमलव३ म्याग्निच्युडको भूकम्प, भवनहरु ध्वस्त

| प्रतीकात्मक तस्बिर

पोखरा । भानुआतुमा मंगलबार दिउँसो ७दशमलव३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मुख्य टापु एफेटको तटबाट करिब ३० किलोमिटर टाढा गएको थियो । स्थानीय समयानुसार दिउँसो १२ बजेर ४७ मिनेटमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पले राजधानी पोर्ट भिलामा भवन ध्वस्त भएका छन् । यस्तै विदेशी दूतावासले प्रयोग गरेका भवन पनि ध्वस्त भएको बताइएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ७दशमलव३ म्याग्निच्युडको गएको केही मिनेटपछि ५दशमलव५ म्याग्निच्युडको पराकम्प आएको थियो । त्यसपछि ससाना कम्पन गएका थिए ।

पोर्ट भिलामा अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डको कूटनीतिक मिशनद्वारा प्रयोग गरिने चार तले कङ्क्रिट भवनको भुइँ तला पूरै भत्किएको एएफपीका फोटोले देखाएका छन् ।

अमेरिकी र फ्रान्सेली दूतावासका कर्मचारी सुरक्षित रहेका दुवै मुलुकले बताएका छन् । अमेरिकाले अर्को सूचना नआउन्जेलसम्म आफ्नो दूतावास बन्द गरेको छ । फ्रान्सले आफ्नो मिशन ‘नष्ट’ भएको बताएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस