बझाङमा भूकम्पको धक्का

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४दशमलव३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।

केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।

भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button