एनपीएलमा आज दुई खेल हुँदै

  • पोखरा न्यूज
  • २०८१ पौष ३
एनपीएलमा आज दुई खेल हुँदै

पाेखरा । गत मंसिर १५ गतेदेखि शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेल इलिमिनेटर खेल हुँदैछ भने दोस्रो खेल पहिलो क्वालिफायर खेल हुनेछ ।

शीर्ष चारको तेस्रो र चौथो स्थानमा रहेका दुई टिम चितवन राइनोज र कर्णाली याक्स इलिमिनेटरमा खेल्दैछन् । खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । लिग चरणमा दुवै टिम ८ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका हुन् ।

त्यस्तै दिउँसो १ बजे पहिलो क्वालिफायर खेल हुँदैछ । १२ अंकसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अंकबाट दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सबीच पहिलो क्वालिफायर हुन लागेको हो ।

इलिमिनेटरमा जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम बाहिरिने छ । त्यस्तै पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टिमले इलिमिनेटरको विजेतासँग बिहीबार १२ बजे दोस्रो क्वालिफायर खेल्नेछ ।

फाइनल खेल शनिबार मध्यान्ह १२ बजे नै शुरु हुनेछ । उपाधि विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख तथा चौथो हुनेले १५ लाख रुपैयाँ पाउने छ ।

आज इलिमिनेटरमा पराजित हुने टिमले १५ लाख पाउँदा दोस्रो क्वालिफायरमा पराजित हुने टिमले २५ लाख पाउने छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस