
पोखरा । बझाङ केन्द्रबिन्दु भएर बुधबार ४दशमलव१ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४दशमलव३ म्याग्निच्युडको भूकम्प गएको थियो ।





