एनपीएलः कर्णाली र जनकपुर भिड्दै, फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्दै

  • पोखरा न्यूज
  • २०८१ पौष ४
एनपीएलः कर्णाली र जनकपुर भिड्दै, फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्दै

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायर हुँदैछ । जसमा कर्णाली याक्स र जनकपुर बोल्टसबीच भिडन्त हुनेछ । फाइनल पुगेर उपाधि होडमा रहन यी दुवै टोलीका लागि अन्तिम मौका हो । पहिलो क्वालिफायरमा विजेता बन्दै सुदूरपश्चिम फाइनलमा पुगिसकेको छ ।

सुदूरपश्चिमले उपाधिका लागि आज हुने क्वालिफायरको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेल दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ ।

तर जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो ।

दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरको यो दोस्रो भेट हो । लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस