आज दिउँसाे गण्डकी र कोशी प्रदेशका आंशिक बदली रहने

पाेखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाे प्रभावले तराई तथा उपत्यकाका केही स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको छ ।

साथै अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आज बिहानको समयमा तराई तथा पाेखराका केही स्थानमा हुस्सु साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डययनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज दिउँसो गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

आज राति गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button